punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

Chaupati
safha napa

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वास मत नदिने निर्णय गरेको हो।

आज दिउँसो १ बजे प्रारम्भ हुने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन, र प्रधानमन्त्री केपी शर्मा ओलीले पेश पेश गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ ।,

शुक्रबार बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका थिए।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ।

नेपाली कांग्रेस, नेकपा एमालेका अतिरिक्त जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी लगायतले प्रधानमन्त्रीलाई विश्वासका मत दिने जनाएका छन् ।

 


६ साउन २०८१, आइतवार १२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु