जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा
Germany's Jonathan Tah, 2nd left, heads the ball during a quarter final match between Germany and Spain at the Euro 2024 soccer tournament in Stuttgart, Germany, Friday, July 5, 2024. (AP Photo/Manu Fernandez)
काठमाडौं। स्पेन युरो कपको सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबार राति एमएचपी एरेनामा सम्पन्न खेलमा जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन सेमिफाइनल प्रवेश गरेको हो ।
५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, स्पेनले अग्रता बचाउन सकेन ।
जर्मनीका फ्लोरियन विर्ट्जले निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त समयमा पु¥याएका थिए ।
तर, ११९औं मिनेटमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पु¥याएका हुन् ।
२२ असार २०८१, शनिवार ०७:५८ बजे प्रकाशित













