punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महामन्त्री शर्माको आक्रोश- भ्रातृ संस्थाको महाधिवेशन गर्न नसके पद छोडेर घर जानुहोस्

Chaupati
safha napa
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह गर्नुभएको छ ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले गत माघमा सम्पन्न महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने अवधि तोकेको स्मरण गराउनुभयो । महासङ्घको प्रथम महाधिवेशनले सबै भ्रातृ संस्थालाई महाधिवेशन गर्न सन्देश दिएको उहाँको भनाइ थियो ।
महासङ्घले गुट, उपगुटबाट मुक्त भएर महाधिवेशन गर्नुपर्ने उल्लेख गर्नुहुँदै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र नसके स्वस्थरुपमा लोकतान्त्रिक अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । असारभित्र पार्टी केन्द्रीय समितिको बैठक बसी महासमितिका प्रतिवेदन टुङ्ग्याउने र विधान संशोधनको काम अघि बढ्ने महामन्त्री थापाले बताउनुभयो ।
“यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्नुहुँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ, २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लागौँ, एक सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एक सय क्षेत्र जित्ने गरी लागौँ”, उहाँले भन्नुभयो ।
पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानले तोकेको अवधि विसं २०८२ मै कांग्रेसको महाधिवेशन हुने बताउनुहुँदै त्यसैको तयारीका रुपमा भ्रातृ संस्थाको महाधिवेशन सुरु भएको जानकारी दिनुभयो । जनजाति समुदायले ब्रिटिश गोरखा रेजिमेन्टमा गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै उहाँले जिबी याक्थुम्बाले विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि गर्नुभएको योगदानको स्मरण गर्नुभयो ।
जनजाति समुदायबाट कांग्रेसमा प्रतिनिधित्व गर्नुहुने सर्वोच्च नेता गणेशमान सिंहले प्रधानमन्त्रीको पद छोड्नुभएको, नेता भीमबहादुर तामाङले अप्ठ्यारो अवस्थामा ‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ नाराका साथ योगदान गर्नुभएको उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले कांग्रेस कमजोर हुँदा जनजातिका अधिकार खोसिने गरेको बताउनुभयो । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, दोलखाका सभापति बर्मा लामा, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल महिला सङ्घका अध्यक्ष उषा रावत, महासङ्घ बागमती प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य क्षेत्र बम्जनलगायतले पार्टीले आगामी दिनमा लिनुपर्ने नीति, कार्यक्रमका बारेमा नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

११ असार २०८१, मंगलवार १८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु