अछाममा करेन्ट लागेर बालकको मृत्यु
अछाम । बाटोमा लतारिएको बिजुलीको तारबाट करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिकाको वडा नम्बर ६ रानीवनका धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको मृत्यु भएको हो ।
करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको हो। मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको बताइएको छ । झंकर भने सकुशल छन् ।
मृतक विमल स्थानीय कामेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत थिए ।
११ असार २०८१, मंगलवार १६:४४ बजे प्रकाशित































