punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सबै ३४ आरोपमै ट्रम्प दोषी ठहर

Chaupati
safha napa

न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरुमै दोषी ठहर्‍याएको छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको सीएनएनले जनाएको छ ।

अमेरिकाको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रूपमा रकम दिएको आरोप ट्रम्पमाथि थियो । यसैगरी ट्रम्पले आफ्नो कारोबारको रेकर्डका कागजात हेरफेर गरेको, राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद् भवनमा तोडफोड गरेको लगायत आरोपहरु पनि थिए । सबै ३४ आरोपमा जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको हो ।

अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा ट्रम्पमाथि सजाय सुनाउने छन् ।

ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । कोर्ट रुमबाट बाहिरिंदै ट्रम्पले आफूले कुनै गलत काम नगरेको र निर्दोष रहेको जिकिर गरेका थिए । उनले आफू अन्तिमसम्म लड्ने र जित्ने दाबी समेत गरे ।

१५ जुलाईमा रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । त्यसले औपचारिक रूपमा पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारको रूपमा ट्रम्पको नाम घोषणा गर्ने तयारी छ ।

 


१८ जेठ २०८१, शुक्रवार १३:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु