प्रचण्डले बोलाए संसदीय दलको बैठक

सत्ता नेतृत्व दल नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा बैठक बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।
१८ जेठ २०८१, शुक्रवार ११:४२ बजे प्रकाशित