धनगढीको तापक्रम आज ४४ डिग्री नाघ्यो
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको तापक्रम आज ४४ डिग्री सेल्सियस नाघेको छ ।
मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।
बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ ।
बुधबार धनगढीको तापक्रम ४३.३३ डिग्री थियो ।
१७ जेठ २०८१, बिहीवार १७:०५ बजे प्रकाशित