चौरपाटीमा निर्माणाधीन सिचाई योजनाको काम अन्तिम चरणमा

धनगढी । अछामको चौरपाटी गाउँपालिका वडा नं. २ मुल्लीमा बन्ने सिचाइ योजनाको काम अन्तिम चरणमा पुगेको छ ।

सो योजना अन्तर्गत वडा नम्बर ३ खेतिखोला मुहानदेखि वडा नं. २ मुल्लीसम्मको सात किलोमिटर दुरीमा पाइपालनको काम सम्पन्न भएको छ ।

 

पाइललाइनबाट पानी ल्याइसकेपछि अब सिचाई पोखरीहरू निर्माण कार्य सुरू भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले मंगलबार प्राविधिकसहित उक्त योजनाको अनुगमन समेत गरेका छन् ।


१६ जेठ २०८१, बुधवार ०८:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु