punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै

Chaupati
safha napa
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै गएको छ । उपमहानगरले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा ल्याएको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
चालु आवको साउनदेखि वैशाखसम्म ३९ हजार ४६ जना बिरामीले सेवा लिएका उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा ३० हजार दुई सय ९७ महिला र आठ हजार सात सय ४९ पुरुषले सेवा लिएका छन् ।
सो कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको अवस्थीले बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख अवस्थीका अनुसार २० हजार चार सय ४४ जनाले जनरल फिजिसियनबाट, सात हजार पाँच सय ७२ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र ११ हजार ३० जनाले आँखासम्बन्धी सेवा लिएका छन् । सो अवधिमा सेवा लिनेमध्ये पाँच हजार आठ सय ७३ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेको उहाँले जानकारी दिनुभयो ।
पाँच हजार नौ सय ३० जनाले निःशुल्क प्रयोगशाला जाँच, पाँच हजार आठ सय ४८ गर्भवतीसम्बन्धी लिएकामा दुई हजार पाँच सय ४४ ले निःशुल्क अल्ट्रासाउण्ड गराएका प्रमुख अवस्थीले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गत आवको साउनदेखि उक्त कार्यक्रम १९ वटै वडामा प्रत्येक महिना सञ्चालन हुँदै आएको उहाँको भनाइ छ ।
“क्लिनिकमा बिरामीको निःशुल्क जाँचका साथै औषधि पनि निःशुल्क दिने गरिएको छ”, स्वास्थ्य शाखा प्रमुख अवस्थीले भन्नुभयो, “ग्रामीण क्षेत्रका विपन्न नागरिकले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाइरहनुभएको छ । ज्येष्ठ नागरिक, गर्भवतीलगायत वर्गमा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको पाएका छौँ ।”
आव २०७९र८० मा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार छ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार छ सय ८९ जनाले सेवा लिएका उपमहानगर कार्यालयले जनाएको छ ।

१२ जेठ २०८१, शनिवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु