कैलालीबाट पाँच लाख बढीको भन्सार छलीको सामान बरामद

धनगढी । कैलाली प्रहरीले पाँच लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ५ लाख ३४ हजार ६९० मुल्य बराबरको प्याज, चिनी, सुर्ती, बिडी, चियापत्ती, प्लाष्टिक झिल्ली, जिरा, पानीपुरी, कस्मेटिक सामान, कुर्ती, सुरवाल, सुटपिस, हार्डवेयरका सामान, मोटरसाईकल थान–१ लगायतका सामान बरामद गरिएको जनाएको छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, धनगढी–४ बसपार्क, धनगढी–१९ फुलवारी, भजनी नगरपालिका–६ थापापुर, भजनी–८ खैराबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको जनाएको छ ।
यस्तै टीकापुर नगरपालिका–७ वैदी, गौरीगंगा नगरपालिका–४ खुरखुरिया, जोशिपुर गाउँपालिका–१ पिपलकोटी, जोशिपुर–४ बाणी, कैलारी गाउँपालिका–४ के गाउ, कैलारी–५ पबेराबाट सामान बरामद गरिएको छ ।
११ जेठ २०८१, शुक्रवार १८:१५ बजे प्रकाशित