सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुर्खेत । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस सुर्खेतको वीरेन्द्रनगर नजिकै सुर्खेत–दैलेख सडक खण्डमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
७ जेठ २०८१, सोमवार १५:१४ बजे प्रकाशित













