अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्युु
अछाम । चट्याङ लागेर अछामको रामारोशनमा एक बालकको मृत्यु भएको छ ।
चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको हो ।
सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए ।
२५ वैशाख २०८१, मंगलवार ०९:२९ बजे प्रकाशित













