सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ बढ्यो

काठमाडौं, वैशाख २० । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा दुई हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३६ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


२० वैशाख २०८१, बिहीवार १०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु