गाजामा मृतकको संख्या आठहजार भन्दा बढी, मारिनेमा अधिकांश बालबालिका र महिला
इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या आठहजार ७९७ पुगेको छ । अक्टोबर ७ यता इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ । जसमध्ये तीनहजार ६४८ जना बालबालिका र दुईहजार २९० महिला रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलले गएको मंगलबारयता गाजा आक्रमणका क्रममा आफ्ना १५ सैनिकको ज्यान गएको बताएको छ ।
यसैबीच अक्टोबर ७ को आक्रमणपछि पहिलोपटक गाजातर्फको इजिप्टको सीमा नाका खोलिएको छ । पहिलो चरणमा कम्तीमा ३२० विदेशी पासपोर्ट होल्डर र घाइते भएका प्यालेस्टाइनी नागरिक इजिप्ट प्रवेश गरेको बीबीसीले जनाएको छ ।
गाजामा फोन र इन्टरनेट सेवा पूर्णरूपमा बन्द गरिएको छ ।
१५ कात्तिक २०८०, बुधवार २२:५७ बजे प्रकाशित