बैतडीको एक वडामा अबैध मदिरा बिक्रीमा रोक
बैतडी । बैतडीको एक वडा कार्यालयले अवैध मदिरा विक्रीवितरणमा रोक लगाएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर–५ को कार्यालयले अवैध मदिरा विक्रीवितरणमा रोक लगाएको हो।
वडा कार्यालयले एक सूचना जारी गर्दै वडाभित्र अवैध मदिराको कारोबारका साथै लागु पदार्थ समेत ओसारपोसार हुने गरेको जानकारी आएकाले त्यसो नगर्न आग्रह गरेको बताएको छ ।
अवैध मदिराको कारोबार, लागु पदार्थको ओसारपोसार तथा सेवनले सामाजिक शान्ति सुरक्षामा खलल पुर्याउने भएकाले वडा कार्यालयले त्यसो गरेको पाइएमा कानुनी कारवाही गर्ने चेतावनी दिएको छ।
१० कात्तिक २०८०, शुक्रवार २२:१४ बजे प्रकाशित













