punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धरानमा सुरक्षा व्यवस्था कडा,व्यापार व्यवसाय पनि ठप्प

Chaupati
safha napa

स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ। धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि शनिवार बिहानैदेखि धरान शान्त देखिएको छ। मानिसहरूको चहलपहल न्यून देखिएको छ भने व्यापार व्यवसाय पनि ठप्प रहेको छ। धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले धरानमा अवस्था सामान्य भएको बताए । धरानमा निषेधाज्ञा भएपछि हिन्दूवादीहरूले भने इटहरीमा प्रदर्शन गरिरहेका गरेका छन्। प्रदर्शनका लागि विराटनगरबाट अभियान्ताहरु गाडी रिजर्भ गरेर गइरहेका छन्।गौहत्याको विरोधमा हिन्दु्वादीहरुले प्रदर्शन गर्न थालेपछि सम्भावित खतरालाई लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

 


९ भदौ २०८०, शनिवार १३:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु