punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोदावरी नगरपालिकाद्वारा नदीजन्य पदार्थ बिक्री बितरणकालागी ठेक्का आह्वान

Chaupati
safha napa

अत्तरिया। गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ बिक्री बितरणको लागी ठेक्का आह्वान गरेको छ । आर्थिक बर्ष २०८०/८१ को लागी गत ६ गते एक सुचना मार्फत बोलपत्र आह्वान गरेको हो । नगरपालिका भित्र पर्ने मुख्य नदी खुटियाको लागी न्युनतम रकम ८ करोड ८६ लाख ७ हजार ७२८ रुपैयाँ कायम गरिएको छ ।

जसका लागी धरौटी रकम भने ४९ लाख ५० हजार तोकेको छ । ठेकेदार कम्पनीले ठेक्का परेपछि तीन चरणमा नगरपालिकालाई रकम बुझाउनु पर्ने सुचनामा उल्लेख गरिएको छ। खुटियाबाट नदीजन्य पदार्थ उठाउन १० वटा साइट समेत निर्धारण गरिएको छ । यस्तै नगरपालिका भित्र पर्ने अन्य दुई नदिहरु गोदावरी र खैरानाको लागी पनि बोलपत्र आह्वान गरिएको छ। दुबै नदीमा नदि जन्य पदार्थ उठाउन न्युनतम रकम ४ करोड ९७ लाख ६ हजार १५६ रुपैयाँ कायम गरेको छ ।

गत आर्थिक बर्षमा नदि जन्य पदार्थ उठाउन ठेक्का नपरेपछि नगरपालिका आँफैले रोयल्टी उठाएको थियो । यो पटक पनि यो रकम बढी नै भएकाले पहिलो पटक मै ठेक्का जाने सम्भाबना कम रहेको नगरपालिका स्रोतको दाबी छ। यो आर्थिक बर्षमा प्रदेशले नै नदि जन्य पदार्थको रोयल्टीको रकम बढाएकाले ठेक्का न्युनतम रकमको बढाइएको बुझिएको छ।

 


९ भदौ २०८०, शनिवार १३:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु