आज भीमदत्त राजमार्ग ६ घण्टाका लागि बन्द रहने

धनगढी । भीमदत्त राजमार्ग आज (आइतबार )६ घण्टाकालागि बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय,कंचनपुरका अनुसार  बिहान १० देखि ४ बजेसम्म राजमार्ग अन्तरगतको बुढीतोला सडक बन्द हुने भएको हो।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि यातायात बन्द  गरिने भएको छ ।

बुढीतोलामा पहिरोका कारण  सडक भासिएको र उक्त क्षेत्रमा पानी रहेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ। यातायातका साधन हिलोमा फस्न थालेकाले तारजाली र ग्राभेल हाल्न थालिएको डिभिजन कार्यालयले जनाएको छ ।
साउन २१ गते रातीको अविरल वर्षापछि पहिरोले राजमार्गमा पहिरो गएको थियो भने केही क्षेत्र भासिएको थियो। 


३ भदौ २०८०, आइतवार ०८:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु