पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको बिषयमा एकोहोरो आरोप लगाएर संचार माध्यमहरु न्यायालय बन्न खोजे:राहुल महरा
काठमाडौ । भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएका राहुल महराले सामाजिक संजाल मार्फत संचार माध्यमप्रती असन्तुष्टि पोखेका छ्न् ।
राहुलले संचार माध्यमले आफुहरुलाई एकोहोरो आरोप लगाएर चरीत्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको आरोप लगाएका हुन् ।
उनले पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको बिषयमा एकोहोरो आरोप लगाएर संचार माध्यमहरु न्यायालय बन्न खोजेको पनि बताएका छन् ।
भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पुर्व सभामुख कृष्णबहादुर महरा र उनका छोराको नाम मुछिएका समाचारहरु संचार माध्यममा आइरहेका छन् । राहुल कृष्णबहादुर महराका छोरा हुन् ।
राहुलले लेखेका छन् राज्यका निकायले गरिरहेको अनुसन्धानमा पुर्णरुपमा सहयोग गर्ने र दोषी प्रमाणीत देखिए कानुन बमोजिम भागिदार हुने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा राहुल लेख्छन् :
२९ साउन २०८०, सोमवार १४:०१ बजे प्रकाशित













