प्रधानमन्त्रीको सजिलोकालागि सहज रूपमा मन्त्री पद त्याग गरेँ : मोदी

काठमाडौं । सिंहदरबारबाट विदा भएर जादैंगर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रधानमन्त्रीको सजिलोका लागि आफूले सहज रूपमा मन्त्री पद त्याग गरेको बताए। उनले पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीले राम्रो काम गर्दैगर्दा पनि चौतर्फी घेराबन्दी भइरहेको बताए।

उनले भने, ‘विविध परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई बलियो बनाउन कहीँ न कहीँ त त्याग गर्नुपर्‍यो। त्यसैले मैले सहज तरिकाले मन्त्री पद त्यागें । प्रधानमन्त्रीले सबै पदाधिकारी र मन्त्रीलाई राखेर छलफल गर्नुभयो । कसले त्याग गर्ने, कसले सहज तरिकाले छोड्दिने भनेर ? सबैलाई प्रस्ताव गर्दा अन्य साथीहरूले पनि बोल्नुभयो बोल्न त तर, मैले सहज रूपमा पद प्रतिष्ठा सधैँ रहँदैन भनेर आफै बिदा लिएँ।’

उनले आफूलाई अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए। पद र प्रतिष्ठा सधैँ मिल्दैन आफूले काम गर्ने र अनुभव गर्ने अवसर पाएको बताए। आफ्नो बिदाइ पनि सुखद भएकाले आफू खुसी भएको उनको भनाइ छ ।

 


२९ साउन २०८०, सोमवार २०:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु