नवनियुक्त मन्त्री अनितादेवी साहले लिइन् सपथ
काठमाडौं । जनमत पार्टीकी अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पदमा सपथ लिएकी छन् । आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन्।
जनमत पार्टी माओवादी भागबन्डाको मन्त्रालय लिएर चार महिनापछि सरकारमा सहभागी भएको हो।
सत्तारुढ नेकपा माओवादीले यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा भित्र्याएको हो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो।
२९ साउन २०८०, सोमवार १२:०७ बजे प्रकाशित













