punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१६ लाख बढी मूल्यको अवैध चिनी बरामद

Chaupati
safha napa

कञ्चनपुरमा भारतबाट भन्सार छली भित्रिएको ठूलो मात्रामा अवैध चिनीसहितको बोलेरो जीप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–१ नौरंगाबाट चिनीसहितको बोलेरो जीप नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीको ३५ नं। गण हेडक्वाटर शैलेश्वरी गण मातहतको बोर्डर आउट पोष्ट ९बीओपी० दोदाबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको अनुमानित १६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ क्वीन्टल चिनी बरामद गरेको जनाएको छ।

चीनी सहित से। १ च १२२९ नम्बरको बोलेरो जिप समेत नियन्त्रणमा लिएको हो। साथै कृष्णपुर नगरपालिका–५ गुलरियाका ३० वर्षीय जीप चालक लोकेन्द्र बोहरा र लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय सहचालक बिशाल वडायकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।


७ साउन २०८०, आइतवार ०७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु