धनगढीमा थप दुई दिन गर्मी बिदा

कैलाली । कैलालीको धनगढी उपमहानगर पालिकामा थप दुई दिन गर्मी बिदा दिइएको छ । गर्मी अझै बढ्न थालेपछि बिदा थपिएको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।

यस अघि उपमहानगरपालिकाले २६ गते देखी चार दिन बिदा दिने निर्णय गरेको थियो । अब ३२ गते र १ गते पनि धनगढीमा गर्मी बिदा हुने भएको छ ।

साथै विज्ञप्तिमा गर्मी र लू बाट बच्न शिक्षक विद्यार्थी र अभिभावकहरुलाई सावधानी अपनाउन पनि आग्रह गरिएको छ।


३१ जेठ २०८०, बुधवार १६:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु