धनगढीमा आइतवरदेखि चार दिन गर्मी बिदा
कैलाली । धनगढीमा आइतवरदेखि गर्मी बिदा हुने भएको छ। अत्यधिक गर्मी हुन थालेपछि धनगढी उपमहानगरपालिकाले चार दिन बिदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको सूचनामा वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख गरिएको छ।

दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्ने गरी बन्द गर्न समेत जानकारी गराइएको छ ।
२७ जेठ २०८०, शनिवार १३:१४ बजे प्रकाशित













