punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शरणार्थी प्रकरणको छानबिनमा कुनै हस्तक्षेप हुन दिइँदैन, दोषीलाई कारबाही हुन्छ :प्रधानमन्त्री

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जुनसुकै तहका व्यक्तिलाई पनि कारबाही गर्ने बताएका छन्।

सदनमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै दोषीलाई कानुनी कारबाहीमा ल्याउन कुनै कसुर बाँकी नराखेको बताए।

प्रहरीको छानबिनमा कुनै तहबाट पनि हस्तक्षेप नभएको र हुन पनि नदिने प्रस्टाए।

उनले भने, दोषी कोही पनि उम्कन नपाओस्, निर्दोष कोही पनि नपरोस् भन्ने हाम्रो जोड छ। जुनसुकै तहका व्यक्ति भए पनि कानुनको दायरमा आउँछन्। भिआइपी र भिभिआइपीहरूलाई पनि कारबाही हुन्छ। यसलाई अन्तिम निष्कर्षमा पुर्‍याउछौं।

गृहमन्त्रीलाई पनि निष्पक्षताका साथ अगाडि बढ्न निर्देशन दिएको बताए।


४ जेठ २०८०, बिहीवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु