punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सावित्राको चौथो ह्याट्रिक, गोकुलम केरला क्वाटरफाइनलमा

Chaupati
safha napa

नेपाली राष्ट्रिय महिला टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले इन्डियन वुमन्स लिग (आईडब्लुएल)मा चौथो ह्याट्रिक गरेकी छन् ।

साविधाको चार गोल मद्तमा साविक विजेता गोकुलम केरलाले मंगलबार माता रुक्मिनीलाई ९-० ले हरायो ।

अहमेदावादस्थित शाइवग पुलिस स्टेडियममा भएको खेलमा सावित्राले दुवै हाफमा समान दुई गोल गरिन् । उनले खेलको पहिलो हाफमा सातौं र १२औं मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि ६८औं मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरेकी उनले ६९औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् ।

६ मध्ये पाँच खेलमा गोल गरेकी सावित्राले कुल १९ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन् । उनी दोस्रो स्थानकी काजल डे सुजा भन्दा १० गोलले अघि छिन् । काजलले ९ गोल गरेकी छन् ।

गोकुलम केरलालका लागि इनुदमथिले दुई तथा शिल्की देवी, डांगमाई ग्रेस र रन्जना चानुले पनि समान एक गोल गरे ।

समूह ए मा पाँचौ जित निकालेको गोकुलम केरालाले एक खेल अगावै क्वाटरफाइनलमा स्थानसमेत पक्का गरेको छ ।

६ खेल खेल्दा ५ जित र १ बराबरिबाट १६ अंक जोडेको गोकुलम केरला समूह ए को शीर्ष स्थानमा छ । सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग लिग खेलाइएको छ । जहाँ दुवै समूहको शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाली टिमकी अर्की सदस्य रेखा पौडेल सम्मिलित स्पोर्ट्स ओडिसा ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा छ । रेखाले अहिलेसम्म चार गोल गरेकी छन् ।


२७ वैशाख २०८०, बुधवार ०७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु