बैतडीमा जिपको ठक्करबाट एक वृद्धाको मृत्यु

बैतडीमा जिपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका—३ धौंकुचेकी ७५ वर्षीया गौरा नाथको जिपको ठक्करले मृत्यु भएको हो।

सु प प्र ०१००१ ज १२९४ नम्बरको जिपले नाथलाई गोकुलेश्वर–गन्ना सडक खण्ड अन्तर्गत धौंकुचेमा ठक्कर दिएको थियो। ठक्कबाट नाथको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।


२२ चैत २०७९, बुधवार २०:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु