punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपनिर्वाचनका लागि रास्वपाबाट रवि लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेलको नाम फाइनल

Chaupati
safha napa

राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। रास्वपाले बिहीवार दलको विधानको धारा ७१ अनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको थियो।

रास्वपाबाट चितवन २ मा पार्टी सभापति रवि लामिछाने उम्मेदवार रहने भएका छन्। प्रारम्भिक सूचीमा चितवन २ को लागि सभापति लामिछानेको एकल नाम सिफारिस गरिएको थियो।

यस्तै, तनहुँ १ मा डा स्वर्णिम वाग्ले उम्मेदवार रहने भएका छन्। यसअघि प्रारम्भिक सूचीमा वाग्लेसहित ईश्वर लामिछाने र डा रुपक विक घिमिरेको नाम सिफारिस गरिएको छ। वाग्लेले बिहीवार मात्र नेपाली कांग्रेस परित्यागको घोषणा गरेका थिए।

त्यसैगरी, बारा २ बाट रमेश खरेल उम्मेदवार रहने बताइएको छ। यसअघि सो क्षेत्रको लागि खरेलसहित युवराज न्यौपानेको नाम सिफारिस गरिएको थियो।

उम्मेदवारहरुबारे जानकारी दिन रास्वपाले शनिवार पत्रकार सम्मेलनको आयोजना गरेको छ। पत्रकार सम्मेलन शनिवार अपराह्न ४ वजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा हुने बताइएको छ।


१८ चैत २०७९, शनिवार १३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु