धनगढीमा लागूऔषधसहित २ जना पक्राउ
धनगढी लागूऔषधसहित २ जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका–२ बाट २ ग्राम लागूऔषध खैरो हेरोइन दुई जनालाई बुधबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन्। उनीहरु माथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
१६ चैत २०७९, बिहीवार १६:५६ बजे प्रकाशित































