punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको स्कुटर गोदावरी नगरपालिका–१ मनहरा सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति से ५ प ४६८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर ५ का ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कृष्णको पदमा अस्पताल अत्तरियामा उपचार सम्भब नभएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


१६ चैत २०७९, बिहीवार १६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु