punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एमाले उपाध्यक्ष पौडेलले भने- एमालेलाई एमालेले नै हराइरहेको छ, अब गुट चल्दैन

Chaupati
safha napa

कैलाली । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कञ्चनपुरमा पार्टीभित्रको आन्तरिक द्वन्द्व निर्वाचनमा पराजित भएको बताएका छन् ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुटको कञ्चनपुर स्तरीय समीक्षा तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीभित्रको अन्तर्विरोधलाई समयमै व्यवस्थापन गर्नु पर्ने बताए।

‘एमालेलाई कुनै पनि राजनीतिक दलले चुनाव हराउन सक्दैन, एमालेलाई एमालेले नै चुनाव हराइरहेको छ,’ उनले भने, ‘कञ्चनपुरमा अन्तर्विरोधले चुनाव हारिएको हो, यसलाई समयमै व्यवस्थापन गर्नु पर्छ।’

उपाध्यक्ष पौडेलले पार्टी निर्माण र गुट बनाउने काम सँगसँगै नहुने उल्लेख गरे। ‘पार्टी बनाउने र गुट बनाउने काम सँगसँगै अगाडि बढ्न सक्दैन, पार्टी बनाउने हो भने गुट भत्काउनु पर्छ,’ उनले भने, ‘गुट बनाउन थाल्नुभयो भने पार्टी ध्वस्त हुन्छ, त्यसैले पार्टीलाई बलियो बनाउन गुट भत्काउनु जरुरी छ।’

ग्रासरुट अभियान अन्तर्गत नेता कार्यकर्तालाई दिएको जिम्मेवारी अनुसार काम गरेर नेकपा एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनु पर्ने उनको भनाई थियो।

उनले अहिलेको सत्तारुढ गठबन्धन लामो समय नजाने टिप्पणी समेत गरे।


१६ चैत २०७९, बिहीवार १८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु