punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका आधाभन्दा बढी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

Chaupati
safha napa

त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयअन्तर्गतका अधिकांश क्याम्पसमा निर्धारित समयमा स्ववियु निर्वाचन नहुने भएको छ । विद्यार्थी संगठनको तालाबन्दी तथा विरोधका कारण कञ्चनपुरका आधाभन्दा बढी क्याम्पसमा निर्धारित मितिमा निर्वाचन रोकिएको छ ।

विद्यार्थी संगठनको तालाबन्दी र विरोधका कारण अधिकांश क्याम्पसमा निर्वाचन प्रक्रिया नै सुरु हुन सकेको छैन । जिल्लाकै पुरानो र प्रमुखमध्येको सिद्धनाथ विज्ञान क्याम्पसमा मनोनयन प्रक्रिया अघि बढेको छैन । मनोनयन पत्र वितरणकै दिन अनेरास्ववियु क्रान्तिकारीले ताला लगाएपछि निर्वाचन प्रक्रिया सुरु हुन नसकेको हो । क्रान्तिकारीले ताला खोलेपछि नेपाल विद्यार्थी संघ र विप्लवनिकट विद्यार्थीले ताला लगाएका छन् ।

महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा पनि निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । विद्यार्थी संगठनबीचकै विवादका कारण निर्वाचन प्रक्रिया अघि नबढेको क्याम्पस प्रमुख प्रकाश जोशीले बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालयले फागुन ५ गतेसम्म भर्ना भएका विद्यार्थीले मात्रै उम्मेदवार तथा मतदानमा सहभागी हुन पाउने निर्धारण गरेको छ ।

जनज्योति आंगिक नभई सम्बन्धन प्राप्त मात्रै भएकाले ५ गतेपछि पनि भर्ना भएका कारण तिनै विद्यार्थीको हकमा विवाद भएको जोशी बताउँछन् । ‘कुनै संगठनले चैत ५ पछि भर्ना भएकाले निर्वाचनमा सहभागी हुन पाउने भनेको छ, कुनैले नपाउने भनेको छ,’ उनले भने, ‘यही विषयमा विवाद समाधान हुन सकेको छैन ।’

अवरोध सिर्जनामा विद्यार्थी संगठनहरूले एकअर्कालाई आरोप लगाउँदै आएका छन् । एक संगठनले जित्ने क्याम्पसमा अर्काले ताला लगाउने गरेका कारण निर्वाचन गतिविधि अगाडि बढ्न नसकेको नेविसंघ कञ्चनपुरका पूर्वअध्यक्ष कृष्ण भट्टले बताए ।


४ चैत २०७९, शनिवार १३:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु