स्ववियु निर्वाचनका लागि अनेरास्ववियुबाट घोडाघोडीमा सापकोटा सर्वसम्मत
कैलाली । स्ववियु निर्वाचनका लागि घोडाघोडी बहुमुखि क्याम्पस सुखडमा अनेरास्ववियुबाट कपिल सापकोटाको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
अगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट सापकोटाको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।
घोडाघोडी बहुमुखि क्याम्पस इकाई कमिटीले सर्वसम्मत सापकोटाको नाम सिफारिस गरेको अध्यक्ष अशोक गौतमले जानकारी दिए । अहिले सम्म अनेरास्ववियु बाहेक अन्यले भने स्ववियु निर्वाचन लड्ने उम्मेदवारको नामा टुङ्गो लगाउन सकेका छैनन् ।
चैत्र ५ गते हुने निर्वाचनको लागि फागुन २५ गते मनोनयनको मिति निर्धारण गरिएको छ । क्याम्पसबाट सर्वसम्मत नाम सिफारिस भएपछि सापकोटाले अहिले सम्म विद्यार्थीको हक अधिकारको लागि लागिपरेको हुँदा निर्वाचित हुने कुरामा विश्वस्त रहेको बताए ।
उनी अनेरास्ववियुका जिल्ला सहसचिव पनि हुन् ।
१८ फागुन २०७९, बिहीवार २१:०७ बजे प्रकाशित































