धनगढीका मेयर हमालले गरे तारजाली माथिबाट सडक काट्दै गरेका व्यक्तिलाई सम्मान !

धनगढी ६ लेन सडक खण्डमा तारजाली माथिबाट सडक काट्दै गरेको एक व्यक्तिलाई खादा ओढाएर सम्मान गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सडक काट्दै गरेको अवस्थामा भेटिएका धनगढी १३ राजपुरका शिवराज पाध्यायलाई खादा लगाई सम्मान गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाले पटक पटक तारजाली संरक्षण गर्न सबैमा अनुरोध गर्दै आएको थियो । सडक लेनको बिचमा तारजाली लगाए पनि केही पैदल यात्रुले धमाधम तारजाली नाघेर सडक काट्न थालेपछि उपमहानगरपालिकाले कडाइ गरेको थियो । ६ लेन सडक पार गर्न विभिन्न ठाउँमा पैदल मार्ग राखिएको छ ।

May be an image of 3 people and people standing

‘पटक–पटक सम्झाई बुझाई पनि गरेका थियौ’ नगरप्रमुख हमालले भने–‘दण्डित गरेर पनि नहुने, अटेरी गरे तारजाली नाघेको भेटिएकालाई खादा ओझाएर सम्मान गर्ने गरेका छौ ।’


१८ फागुन २०७९, बिहीवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु