चर्को ब्याजदर विरुद्ध मसुरियामा पनि आन्दोलन (तस्बिरहरू)
कैलाली । बैङ्क तथा वित्तीय संस्थाहरूले लिइरहेको चर्को ब्याजदर विरुद्ध व्यवसायीहरूको आन्दोलन बढ्दै गइरहेको छ । कैलालीको मसुरियामा पनि ११ बजे सम्म बजार बन्द गर्दै विरोध प्रदर्शन सहित आन्दोलन भइरहेको छ ।
बैङ्कको चर्को ब्याजदर र नेपाल राष्ट्र बैङ्कको अव्यवहारिक नीतिका विरुद्ध बिहान ९ बजे बढैपुर चौकबाट मसुरिया बजारमा र्याली समेत निकालिएको थियो ।
गौरीगङ्गा उद्योग वाणिज्य सङ्घको अगुवाइमा मसुरियामा आन्दोलन भइरहेको छ ।







तस्बिर :पत्रकार घनश्याम पौडेल
१७ फागुन २०७९, बुधवार १०:२५ बजे प्रकाशित































