punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारत : ट्रकले तीन वटा बसलाई ठक्कर दियो, १३ को मृत्यु

Chaupati
safha napa

भारतको मध्य प्रदेशस्थित सिधी जिल्लामा ट्रकले सडक किनारामा रोकिराखेका तीन वटा बसलाई ठक्कर दिएको छ । यो दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने घाइतेको सङ्ख्या ४० पुगेको छ । यी बसहरूले केन्द्रीय गृहमन्त्री अमित शाहको र्‍यालीबाट फर्किएका मानिसहरू बोकेका थिए ।

दुर्घटनाको खबर पाए लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान घटनास्थल पुगेर सम्पूर्ण विषयमा जानकारी लिएका थिए । उनले घटनालाई दुःखद भएको बताए ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई १० लाख रुपैयाँ र आश्रितलाई सरकारी जागिर दिने घोषणा गरेका छन् ।

उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई १ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

 


१३ फागुन २०७९, शनिवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु