punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यू-१९ विश्वकप छनोटः नेपालले कुवेतविरुद्ध खेल्दै

Chaupati
safha napa

युनाइटेड अरब इमिरेट्स यूएई मा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ । नेपाल र कुवेतबीचको खेल मलेक क्रिकेट ग्राउन्डमा नेपाली समय अनुसार १११५ मा सुरु हुनेछ ।

कुवेतविरुद्ध मैदानमा उत्रदा नेपाल प्रतियोगितामा लगातार दोस्रो जितको खोजिमा हुनेछ । नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यता पहिलो खेलमा हङकङसँग पराजित कुवेत भने पहिलो जितेको खोजीमा हुनेछ ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

राउण्ड रोबिनका आधारमा जारी प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ ।


१३ फागुन २०७९, शनिवार १०:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु