प्रकाश मिश्र लगायत ४० जना माओवादी प्रदेश कमिटीमा मनोनीत, १२ जनालाई कारबाही, अरू के के भए निर्णय ?
कैलाली । माओवादी केन्द्र सुदूरपश्चिम कमिटीले ४० जनालाई मनोनीत गरेको छ । कैलालीमा तीन दिन सम्म चलेको प्रदेश कमिटी बैठकले ४० जनालाई मनोनीत गरेको छ । प्रदेश कमिटी सदस्यमा मनोनीत हुनेमा प्रकाश मिश्र पनि छन् ।
कैलालीमा सक्रिय पत्रकारितामा रहेका मिश्र केही समय अघि एमालेबाट माओवादीमा प्रवेश गरेका थिए । उनी सामाजिक कामहरूमा पनि सक्रिय छन् । उनी लगायत ४० जनालाई मनोनीत गरेको र १२ जनालाई कारबाही गरिएको प्रदेश कमिटीमा सचिव जनक बुढाले जानकारी दिए ।
त्यस्तै अन्य पार्टीबाट आएका नेताहरूलाई पनि जिम्मेवारी दिइएको छ । विप्लव समूहबाट आएका कृष्ण बडूवाललाई उपाध्यक्ष र जसपाबाट आएका प्रकाश नेपालीलाई सह सचिवको जिम्मेवारी दिइएको छ ।
प्रदेश कमिटी बैठकले पार्टीको प्रदेश सचिवालय पनि गठन गरेको छ ।
११ फागुन २०७९, बिहीवार १६:५८ बजे प्रकाशित































