punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शबाब लडाकुहरूद्वारा १० सर्वसाधारणको हत्या

Chaupati
safha napa

सोमालियाको राजधानी मोगादिसुमा रहेको एक आवासीय भवनमा मंगलबार साँझ सोमाली सुरक्षा बलहरूले अल(शबाब लडाकूहरूले गरेको १० घण्टा लामो घेराबन्दी अन्त्य गरेको छ।  उक्त प्रायसको झडपमा १० जना सर्वसाधारणको मृत्यु भएको छ।  उक्त दुर्घटनामा चार सुरक्षा अधिकारीसहित सात जना घाइते भएको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ुसुरक्षा बलहरूले चार जना आक्रमणकारीलाई गोली हानी मारेको छ।ु मंगलबार दिउँसो चरमपन्थीहरूले मध्य सोमालियामा सैनिक कारबाहीमा घाइते भएर उपचार गराइरहेका सरकार समर्थक मिलिशियाहरू बस्ने आवासीय भवनमा आक्रमण गरेका थिए।

आफू समर्थित सञ्चारमाध्यमहरू मार्फत पछिल्लो आक्रमणको जिम्मेवारी लिने अल–शबाबले आफ्ना लडाकुहरूले सैनिक र  सर्वसाधारणसहित कम्तीमा ७० जनाको ज्यान गएको दाबी गरेको छ।

सरकार समर्थक मिलिशियाको समर्थनमा रहेको सोमाली सरकारले शबाब लडाकूहरूलाई उनीहरू लुकेको ठाउँहरूबाट हटाउन मध्य सोमालियामा संयुक्त कारबाही सञ्चालन गरिरहेको छ। गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोही विरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाबविरुद्धको आक्रमणलाई तीव्र बनाएको हो।


११ फागुन २०७९, बिहीवार १२:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु