करेन्ट लागेर दार्चुलामा कैलालीका टिप्पर चालकको मृत्यु, सहचालक घाइते

करेन्ट लागेर दार्चुलामा एक जना टिप्पर चालकको मृत्यु भएको छ ।

जिल्लाको मार्मा गाउँपालिका–३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नाङ्गो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लीला थापाको मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनी टिप्पर चालक हुन्। त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन्।


७ फागुन २०७९, आइतवार १६:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु