कैलालीमा खुकुरीसहित दुई जना पक्राउ
कैलाली खुकुरीसहित दुई जना पक्राउ गरेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–१ टिन बजारबाट मीनबहादुर धामी र लालबहादुर विकलाई प्रहरीले खुकुरी सहित पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले लागू औषध ट्रमाडोल १ सय ९० ट्याब्लेट, एभिल १ सय ९९ ट्याब्लेट, नगद १३ हजार ५ सय रुपैयाँ र १ थान खुकुरी बरामद गरेको छ ।
पक्राउ पर्ने बर्दगोरिया गाउँपालिका–४ का ४० वर्षीय विक र लम्किचुहा नगरपालिका–४ का २५ वर्षीय धामी रहेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले टोलीले उनीहरूलाई लागू औषधसहित फेला पारेपछि पक्राउ गरेको हो।
६ फागुन २०७९, शनिवार २०:०७ बजे प्रकाशित













