एमाले नेता ढुङ्गानाद्वारा जन्म दिनमा दृष्टि फाउन्डेसनलाई सहयोग, अस्पतालमा निःशुल्क परीक्षण गर्ने घोषणा
कैलाली । नेकपा एमालेका युवा नेता एमाले नेता यज्ञराज ढुङ्गानाले जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई सहयोग गरेका छन्।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य ढुङ्गानाले जन्मदिनको अवसरमा फाउन्डेसनमा गएर सहयोग गरेका हुन्।
धनगढीस्थित नवजीवन अस्पताल प्रालिका अध्यक्षसमेत रहेका ढुङ्गानाले आज परेको जन्मदिनको अवसर पारी दृष्टि फाउन्डेसनमा आश्रय लिएर बसेकाहरूलाई बिहानको खाना खुवाएका हुन्। सामाजिक प्राणीले समाजप्रतिको उत्तरदायित्व निभाउनुपर्छ भन्ने हेतुले सामान्य सहयोग गरेको ढुङ्गानाले बताए।
सहयोगपछि दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले ढुङ्गानालाई धन्यवाद दिएकी छन्।
ढुङ्गानाले धनगढी स्थित नवजीवन अस्पतालमा पनि दृष्टि फाउन्डेसनका रहेकाहरूलाई निःशुल्क परीक्षण गर्ने घोषणा गरेका छन् । ढुङ्गाना अस्पतालका अध्यक्ष पनि हुन् ।
४ फागुन २०७९, बिहीवार १७:३० बजे प्रकाशित































