punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा झलनाथले भने: गठबन्धन भत्किने सम्भावना छैन्,

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेकाे सत्ता गठबन्धन भत्किने सम्भावना नरहेकाे टिप्पणी गरेका छन् ।
खनालले मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै नेता खनालले गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेकाे बताएका हुन् ।

राष्ट्रपतिकाे निर्वाचनकाे हकमा भने सबै राजनीतिक दलले सुझबुझ पूर्ण तरिकाले निर्णय लिनुपर्ने उनकाे भनाइ छ । “राष्ट्रपतिकाे निर्वाचन भनेकाे महत्त्वपूर्ण एजेन्डा हाे । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडाे दुरदर्शिताका साथ संविधानकाे मर्म, हामीले स्थापित गरेकाे लाेकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,” खनालले भने,”त्यसका लागि सबै पार्टीहरूले राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।”

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरे ।


२ फागुन २०७९, मंगलवार १२:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु