सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४ हजार रुपैयाँ रहेकोमा मंगलबार घटेर १ लाख ३ हजार ८ सय रुपैयाँमा झरेको छ भने १ लाख ३ हजार ५ सय रुपैयाँ पर्ने तेजावी सुनलाई आज प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
२ फागुन २०७९, मंगलवार १२:१७ बजे प्रकाशित































