सुदूरपश्चिम सरकार ढलेपछि बास्कोटाको ट्वीट- अनावश्यक संरचनाले सधैँ तनावग्रस्त हुने भो
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले राजनीतिले निकास र विकास नदिने भन्दै खिचडी पनि पकाउन नसक्ने बताएका छन् । बिहीबार विश्वासको मत नपाएर नेकपा एमाले नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि शुक्रबार ट्वीट गर्दै बास्कोटाले यस्तो बताएका हुन् ।
‘यो राजनीतिले निकास र विकास दिने कुरा कता हो कता खिंचडी पनि पकाउन सक्दैन’ बास्कोटाले ट्वीट गरेका छन् । बास्कोटाले प्रदेश सरकार अनावश्यक रहेको संकेत गरेका छन् ।
‘दुवै
खुट्टा बुडुवामा फसेको राजनीति त्यसमाथि अनावश्यक संरचनाको गहनाले थिचिरहँदा आफ्नै ज्यान बचाउने पीरले सधैँ तनावग्रस्त हुने भो’ बास्कोटाले ट्वीट गरेका छन् ।
२७ माघ २०७९, शुक्रवार ११:४६ बजे प्रकाशित

खुट्टा बुडुवामा फसेको राजनीति त्यसमाथि अनावश्यक संरचनाको गहनाले थिचिरहँदा आफ्नै ज्यान बचाउने पीरले सधैँ तनावग्रस्त हुने भो’ बास्कोटाले ट्वीट गरेका छन् ।