punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु, जनमत र नागरिक उन्मुक्ति गएन

Chaupati
safha napa

सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछाने सहभागी छ।

सरकारमा सम्मिलित जनमत पार्टी बैठकमा सहभागी छैन्। यस्तै सदूरपश्चिम सरकार ढाल्न निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टी पनि बैठकमा गएन। उसले सरकार बनाउन समर्थन गरे पनि जेलमा रहेका रेशम चौधरीलाई छुटाउनु पर्ने मुख्य माग राख्दै आएको छ।

यसअघि हिजो दिउँसो ३ बजेको लागि तय भएको संयन्त्रको बैठक अन्तिम समयमा स्थगित भएको थियो। संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो।

बैठकमा गठबन्धनलाई जोगाएर लैजाने विषयमा छलफल हुनेछ। सत्तारुढ प्रमुख घटक नेकपा एमालेको हिजो बसेको सचिवालय बैठकले चुनौति भएपनि गठबन्धन जोगाएर जानुपर्ने निष्कर्ष निकालेको थियो। बैठकमा राष्ट्रपतिको उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल हुनुका साथै सुदूरपश्चिम सरकार विघटनबारे समीक्षा हुने बताइएको छ।


२७ माघ २०७९, शुक्रवार ११:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु