सुदूरपश्चिम प्रदेश : एमालेका मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना क्षीण, कांग्रेस संसदीय दलका नेता बधाई थाप्न थाले
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउने सम्भावना क्षीण हुँदै गइरहेको छ । यता मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना कम हुँदा यता कांग्रेस संसदीय दलका नेता कमल शाहले बधाई थाप्न थालिसकेका छन् ।
संविधानको धारा १६८ को २ अनुसार २ वा २ भन्दा बढिको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी अघिल्लो पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। रावलले आज विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । तर, सत्ता गठबन्धनकै एक घटक नागरिक उन्मुक्ति पार्टी विश्वासको मत नदिने निश्चित भएपनि रावल सरकार सङ्कटमा परेको हो ।
यता १६८ को २ अनुसार मुख्यमन्त्री बनेका रावलले ३० दिन भित्र विश्वासको मत लिन नसके ३ अनुसार ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था रहेको छ । यहि व्यवस्था अनुसार कांग्रेसका शाह भावी मुख्यमन्त्री बन्ने सम्भावना अत्यधिक रहेको छ । उनलाई शुभकामना तथा बधाई दिन सुरु भइरहेको छ ।
आज दिउसो १ बजे तोकिएको बैठक ४ बजे सम्मका लागि स्थगित गरिएको थियो । अहिले कांग्रेस सांसदहरू प्रदेश सभा बैठकमा प्रवेश गरिसकेका छन् ।
२६ माघ २०७९, बिहीवार १६:०९ बजे प्रकाशित































