punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१ बजे आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक ४ बजे सम्मलाई स्थगित

Chaupati
safha napa

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनको लागि बोलाइएको प्रदेशसभाको बैठक सारिएको छ ।

दिउँसो १ बजे बोलाइएको बैठक ३ घण्टाका लागि सारिएको हो । विशेष कारणवश अपरान्ह ४ बजे बस्ने गरी बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकार गठनको बेलामा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेपछि बैठक हिजोदेखि पटक(पटक सारिएको हो । हिजैको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो ।

मुख्यमन्त्री रावलले आज विश्वासको मत नलिए सुदुरपश्चिम सरकार ढल्छ । सरकारलाई विश्वासको मत नदिने अडामा रहेका नागरिक उन्मुक्तिका ७ सांसद अहिले पनि काठमाडौंमै छन् ।


२६ माघ २०७९, बिहीवार १३:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु