punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा विश्वासको मत लिने आज अन्तिम दिन, नागरिक उन्मुक्तिका सांसद अझै काठमाडौँमै

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनले आज अन्तिम दिन पनि विश्वासको मत लिने प्रयास गरिरहेका छन् । हिजो दिउसो १ बजे विश्वासको मत लिने गरि संसद् बैठक आह्वान गरिएको थियो । तर, काठमाडौँमा रहेका नागरिक उन्मुक्तिका सांसद कैलाली नआएपछि बैठक आज दिउसो १ बजे सम्मका लागि स्थगित गरिएको थियो ।
पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुरूप रावलले आज विश्वासको मत लिन लागेका हुन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले सम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने मत नदिने सङ्केत गरेको छ । उनीहरुले आफ्नो माग र मुद्धा सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने अडान कायमै राखेका छन् ।

नागरिक उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्ने छैनन् । नागरिक उन्मुक्तिका सबै सांसद अहिले काठमाडौँमा छन् । उनीहरु आजको प्रदेश सभा बैठकमा सहभागी हुने वा नहुने भन्नेमा पनि निश्चित नरहेको बताइन्छ ।
सुदूरपश्चिममा सत्ता गठबन्धन भित्र माओवादीका ११ (सभामुख सहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी सबैको मत मुख्यमन्त्री रावलले प्राप्त गरे बहुमत पुष्टि हुने छ । तर, नागरिक उन्मुक्तिले विश्वासको मत नदिने अडान कायमै राखेको हुँदा मुख्यमन्त्री सङ्कटमा पर्ने सङ्केत देखिएको छ ।

यता नेकपा एमालेका सांसदहरू भने सरकारले विश्वासको मत पाउनेमा विश्वस्त छन् । संघीय सरकार नागरिक उन्मुक्तिको माग सम्बोधन गर्न सकारात्मक रहेको र प्रक्रिया अघि बढिसकेको हुँदा विश्वासको मत प्रदेश सरकारले पाउने एमालेको दाबी छ ।

‘सरकार उहाँहरूको मुद्धामा गम्भीर रहेको र प्रक्रियामा गइसकेको कुरा उहाँहरूलाई पनि थाहा छ’ नेकपा एमाले प्रदेश सचिव समेत रहेका प्रदेश सांसद धर्मराज पाठकले भने, ‘सरकारले विश्वासको मत पाउँछ भन्नेमा हामी विश्वस्त छौँ ।’


२६ माघ २०७९, बिहीवार ०७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु