punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नौ किलो सुनसहित क्यानडेली नागरिक विमानस्थलबाट पक्राउ

Chaupati
safha napa

काठमाण्डौ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् यूएई दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गएराति चेकजाँचका क्रममा पक्राउ गरेको हो।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार फ्लाइ दुबईको एफ–२५७३ मार्फत काठमाण्डौ आएका उनलाई गएराति १२ बजे पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए।


१९ माघ २०७९, बिहीवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु